You are viewing the translated version of एकल अधिकारको कार्यान्वयन.

Section 5
एकल अधिकारको कार्यान्वयन
: (१) संघ, प्रदेश र स्थानीय तहले आ-आफ्नो एकल अधिकारको विषयमा आवश्यक कानून बनाउने र त्यस्तो अधिकारको कार्यान्वयन गर्नेछन्‌।
(२) उपदफा (१) बमोजिम प्रदेश वा स्थानीय तहले कानून बनाउँदा वा सोको कार्यान्वयन गर्दा सो विषयमा संविधान बमोजिम कुनै शर्त वा मापदण्ड पालना गर्नु पर्ने व्यवस्था भएकोमा त्यस्तो शर्त वा मापदण्डको अधीनमा रही र संविधानमा संघले नीति बनाउने व्यवस्था भएकोमा त्यस्तो नीति वा नीति अन्तर्गत बनेको संघीय कानूनको अधीनमा रही कार्यान्वयन गर्नु वा कानून बनाउनु पर्नेछ।
(३) संघ, प्रदेश वा स्थानीय तहमध्ये एकभन्दा बढी तहको एकल अधिकारमा परेको विषयको कार्यान्वयन गर्दा वा कानून बनाउँदा प्रदेशले संघीय कानून प्रतिकूल नहुने गरी र स्थानीय तहले संघीय र प्रदेश कानून प्रतिकूल नहुने गरी कार्यान्वयन गर्नु वा कानून बनाउनु पर्नेछ।